कर्णाली प्रदेशसभा सदस्यलाई संक्रमण

 

स्काई न्यूज/ असार ३०, सुर्खेत ।
कर्णाली प्रदेश सभाका एक जना सांसदलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सांसदलाई सोमबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सांसदको सम्पर्कका आएका व्यक्तिहरुको पनि परीक्षणका लागि स्वाब संकलन भइरहेको छ । कोरोना पुष्टि भएपछि ती सांसद स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेको स्वास्थ्य शाखाका प्रमुख तिवारीले बताए । दुई दिनअघि ती सांसदको स्वाब संकलन गरिएपनि हिजो साँझ परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

Translate »