सुर्खेतबाट हेलिकोप्टरमा राहत बोकेर बारेकोटतर्फ

स्काई न्यूज /असार २७, सुर्खेत ।
सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकोप्टर जाजरकोट बारेकोट गएको छ । बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ जिरीको पहिरोले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका र पाँच जना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकोप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले बताए ।

उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरले २५ थान त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, १८० प्याकेट चाउचाउ र १० बोरा चामलमा तत्काल ५० केजी चामल लिएर त्यसतर्फ गएको छ । पीडित परिवारलाई थप राहत र विस्थापितहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको मन्त्रालयको भनाइ छ ।

Translate »