तीन महिना पछि कर्णालीमा हवाई सेवा शुरु

स्काई न्यूज /असार २५, मुगु ।
कोभिड – १९ को कारणले देश बन्दाबन्दी हुँदा बिगत ३ महिना पछि कर्णालीको मुगुमा हवाई सेवा शुरु भएको छ । हाल नेपालमा हवाई सेवा खुल्ला नगरेको भएपनि दुर्गम तथा हिमाली जिल्लाको सञ्चालन हुँदै आएको सतही मार्ग वर्षाले हिलाम्य बनेपछि विकल्पको रुपमा यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै सिता एयर प्रालिले नेपाल सरकार गृह मन्त्रालयको स्वीकृती लिएर बुधवारबाट रारा बिमानास्थलमा आप्नो चार्टर उडान शुरु गरेको हो । प्रतिनिधि सभाका सदस्य गोपालबहादुर बमको पहल र रारा एड्भेन्चर प्रालि र सिता एयरको सहकार्यमा १० वटा उडानको स्वीकृति लिएको बताईएको छ ।

जहाजमा यात्रा गर्ने यात्रुहरुले मास्क अनिवार्य सहित पीसीआर वा आरडीटी परीक्षण गरी नेगेटिभ रिर्पोट आएको हुनु पर्नेछ । कोरोना परीक्षणका लागि काठमाण्डौको शुक्रराज टर्पिकल अस्पताल टेकु, भेरी अस्पताल नेपालगञ्ज र जिल्ला अस्पताल मुगुमा निर्धारित शुल्क तिरी परीक्षण गर्ने अवस्था मिलाईएको छ । बुधबार सिता एयरले नेपालगञ्जबाट रारा बिमानास्थलमा भरेको उडानमा १ जना बालक सहित १७ जना यात्रु र फर्कदा १ जना यात्रुले यात्रा गर्नु भएको रारा नागरीक उड्यन कार्यालय ताल्च मुगुका सहायक प्रमुख किरण दाहालले बताए । स्वीकृति प्राप्त १० वटै उडानहरु चार्टर भएका र यात्रुहरुलाई सामाजिक दुरी कायम गरी उडान गर्नु पर्ने भएकोले प्रति यात्रु एकतर्फि रु १० हजार भाडा दर कायम गरिएको बताईएको छ । दुबै तर्फ यात्रा गर्ने यात्रुहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पिसिआर र आरडिटि रिर्पोट पेशगरी गृह मन्त्रालयको स्वीकृत भएपछि मात्र यात्राको व्यवस्था मिलाईने रारा नागरीक उड्यन कार्यालय ताल्च मुगुका प्रमुख मोहन गिरीले जानकारी दिए ।

Translate »