कांग्रेसद्धारा कर्णाली प्रदेशसभा बैठक बहिष्कार

स्काई न्यूज/ असार २०, सुर्खेत ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ । शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरु उपस्थिति नै भएनन् । मन्त्रालयहरुको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता जीवनबहादुर शाहीले बतए । उनले भनेका छन्, ‘सबै मन्त्रालयहरुको बजेट किताब मन्त्रालयगत रुपमा नआइसकेको कारण हामी बैठकमा सहभागी नभएका हौं ।’ कांग्रेसले सबै मन्त्रालयका अलग(अलग रातो किताब बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले भने सबै मन्त्रालयको योजना समेटेर एउटै किताब प्रदेशसभामा वितरण गरेको थियो । कर्णाली प्रदेशसभामा कांग्रेसका ६ सांसद छन् ।

Translate »