पान स्थापना दिवसमा स्वास्थ्य सामाग्री सहयोग

स्काई न्यूज /असार १६, सुर्खेत ।
नेपाल स्वास्थ्य प्राविधिक संविधान संघ (पान) ले आफ्नो ४२ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । पान सुर्खेतले आफ्नो स्थापना दिवस मनाउने क्रममा मंगलबार प्रदेश अस्पताल सुर्खेतलाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

पान सुर्खेतका अध्यक्ष डिल्लिराम सापकोटाका अनुसार स्थापना दिवसको अवसरमा सर्जिकल मास्क ६ पिस, केएन–९५ मास्क ५०, सर्जिकल ग्लोभ्स १०० जोडी, सेनिटाइजर ५०० एमएलको २० बोतल प्रदेश अस्पताललाई सहयोग गरिएको छ । पानद्वारा उपलब्ध स्वास्थ्य सामाग्री प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरीटेण्डेण्ट डाक्टर डम्मर खड्का तथा अस्पतालमा कार्यरत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामाग्री हस्तान्त्ररण कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष अमर राना, पानका केन्द्रीय सदस्य रतनलाल शर्मासँगै पान सुर्खेतका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Translate »