सुर्खेतमा पनि भित्रियो सलहको झुण्ड

 

स्काई न्यूज / असार १६, सुर्खेत ।
सुर्खेतमा पनि सलहको झुण्ड भित्रिएको छ । कृषि बालीमा क्षती पु¥याउँदै आएको सलहको झुण्ड सुर्खेतमा पहिलो पटक देखिएको हो । जिल्लाको लेकबेशी नगरपालिकाको दशरथपुर स्थित कृषि अनुसन्धान केन्द्र (नार्क) कै बारीमा मंगलबार सलहको झुण्ड देखिएको छ । कृषि अनुसन्धान केन्द्रको मकै बारीमा थोरै संख्यामा सलह भेटिएको नार्कका प्रमुख, वरिष्ठ वैज्ञानिक बन्दुराज बरालले जानकारी दिए । ‘मंगलबार बिहान अनुसन्धान केन्द्रको मकै बारीमा सलह देखिएको छ । यो धेरै ठूलो समूहमा छैन । कतैबाट छुट्टएिर आएको सानो झुण्ड हो,’ उनले भने, ‘यो सानो संख्यामा भएकाले वरिपरिका किसानहरुलाई थाहा नभएको हुन सक्छ । यो संख्यामा रहेको सलहले बालीनालीमा त्यति असर पार्दैन ।’ त्यसैले अहिले नै आत्तिनुपर्ने अवस्था भने नभएको उनको भनाइ छ ।

सलह ठूलो संख्यामा आएमा थाली र ड्रम बजाएर सलह भगाउने र आवश्यक परे विषादी पनि प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । ‘सानो बिउ भएको स्थानमा मान्छेले नै सलहलाई भगाउने र ठूलो स्थानमा आवश्यक परेको खण्डमा विषादी नै प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘अहिले नै आत्तिनुपर्ने अवस्था भने छैन तर सचेत भने बन्न आवश्यक छ ।’ थारै संख्यामा देखिए पनि कर्णालीमा सलहले प्रबेश गरिसकेको प्रमुख बरालको भनाइ छ । ‘कर्णालीमा सलहले प्रबेश गरिसकेको छ । यो ठूलो झुण्डबाट छुट्टिएर आएको सानो झुण्ड हो,’ उनले भने, ‘यसको नियन्त्रणका लागि अब तयारी थाल्ने बेला आएको छ ।’ उता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरी पण्डितले पनि दशरथपुरमा सलह भेटिएको जनाए । ‘सानो झुण्डमा सलह देखिएको हो,’ उनले भने, ‘सलहबाट अन्नबालीमा हुने क्षती न्यूनीकरण गर्न पालिका, केन्द्र, निजी क्षेत्र र किसानसँग मिलेर अघि बढ्ने योजना बनाइरहेका छौं ।

Translate »