७७ वटै जिल्लामा देखियो कोरोना

संक्रमितको संख्या १२ हजार नाघ्यो

स्काई न्यूज / असार १३,काठमाडौँ । 

नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए । यस्तै मुलुकमा कोरोना संक्रमतिको संख्या १२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो ।मन्त्रालयका अनुसार नेपालका मुलुकका सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।यस्तै १ सय ३६ जना निको भएर घर फर्किएका छन् ।

Translate »