भलिबल संघ सुर्खेतद्वारा कोरोना संक्रमितलाई सहयोग

स्काई न्यूज /असार १०, सुर्खेत ।
नेपाल भलिबल संघ सुर्खेतले कोरोना संक्रमितलाई पिउने पानी, अण्डा र मास्क वितरण गरेको छ । संघले बुधबार पूर्वी सुर्खेतको दशरथपुर स्थित आइसोशन केन्द्रमा उपचार गराइरहेका ५० जना कोरोना संक्रमितलाई सहयोग गरेको हो । दशरथपुरमा कोरोना संक्रमित खोलाको पानी पिउन बाध्य भएको खबर पाएपछि संघका केन्द्रिय सदस्य मंगल श्रेष्ठ नेतृत्वको टोलीले पिउने मानी, अण्डा एवं मास्क जस्ता सामग्री गरेको छ । केन्द्रिय सदस्य श्रेष्ठका अनुसार ५० जना विरामीलाई पिउने पानी (फिल्टर वाटर), अण्डा, सर्जिकल एवं के–१५ मास्क, साबुन एवं हेण्ड कवर उपलव्ध गराइएको छ । सहयोग टोलीमा संघका केन्द्रिय सदस्य रोशन श्रेष्ठ, क्षेत्रीय रेफ्री रबिन्द्र शाही, लेखा अधिकृत विरकेश्वर महतोले लेकबेसी नगरपालिका वडा नम्वर ४ दशरथपुर स्थित आइशोलेशन केन्द्रमा पुगि फोकल पर्सन टंक पंगालीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । संघको सहयोगबाट प्राप्त स्वास्थ्य सामग्रीले आइशोलेशन केन्द्रमा उपचाररत संक्रमितलाई ठूलो राहत पुग्ने पंगालीले विश्वास व्यक्त गरे ।

Translate »