कर्णालीमा थप ४६ जना कोरोना संक्रमित

५१७ जना कोरोना जितेर घर फर्के

स्काई न्यूज /असार ६, सुर्खेत
कर्णालीमा थप ४६ जना कोरोनाका संक्रमित फेला परेका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा शनिबार भएको परीक्षणबाट ४६ जनामा कोरोना पुष्टि भएको हो । प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो सँगै कर्णालीमा संक्रमितको संख्या १२४५ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या ५१७ पुगेको छ । शनिबार प्रदेश अस्पताल सुर्खेतबाट—७, जना र सुर्खेतकै लेकबेसी नगरपालिकाको आइसोलेशन सेन्टरबाट–२, जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५१७ पुगेको हो ।

Translate »