क्वारेन्टिनमा सामुदायिक प्रहरी परिचालनको तयारी

स्काई न्यूज/असार ६,सुर्खेत ।
सुर्खेतमा क्वारेन्टिन सुरक्षा समिति गठन गर्ने तयारी गरिएको छ । क्वारेन्टिनमा सुरक्षा व्यवस्थापनका लागि अहिले भइरहेको जनशक्तिले नभ्याउने भएपछि सुरक्षा समिति गठन गर्न लागिएको हो । क्वारेन्टिन सुरक्षा समिति गठन गरेर त्यसमार्फत सामुदायिक प्रहरी परिचालन गर्ने तयारी गरिएको हो ।सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना रोकथाम र नियन्त्रणका लागि जनसमुदायलाई परिचालन गर्न आवश्यक रहेकाले तत्काल संरचना बनाएर सामुदायिक प्रहरी परिचालन गरिने बताए । उनले अहिले जिल्लामा ७०० को हाराहारीमा मात्रै प्रहरी जनशक्ति हुँदा क्वारेन्टिनमा सुरक्षा दिन समस्या भएकाले समुदायलाई परिचालन गरेर भए पनि सुरक्षा व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।अब प्रशासनले क्वारेन्टिनको सबै पक्षको अनुगमन गरेर व्यवस्थित बनाउँदै बजार अनुगमनलाई पनि निरन्तरता दिइने बताए । रेग्मीले अहिले कोरोना नियन्त्रण नै पहिलो प्राथमिकता भएकाले क्वारेन्टिन व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको बताए ।

Translate »