कर्णालीमा कोरोना जितेर घर फर्कने ५०८

स्काई न्यूज /असार ५, सुर्खेत ।
कोरोना संक्रमणको उच्चजोखिम मानिए पनि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले भने कोरोना जितेर घर फर्कनेको संख्या ह्वात्तै बढेको देखाएको छ । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा शुक्रबारसम्म ५०८ जना कोरोना जितेर घर फर्केको जानकारी दिए । उनका अनुसार अनुसार शुक्रबार मेहलकुना अस्पताल सुर्खेतबाट—१, कालिकोट अस्पताल कालिकोटबाट—२ जना गरि कुल ३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५०८ पुगेको हो । क्वारेन्टिन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पिसिआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि डाक्टरकै सल्लाहमा घर पठाउने गरिएको छ । कर्णालीमा कोरोना संक्रमित १ हजार २ सय ३३ पुगेका छन् । हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

Translate »