दोस्रोपटक प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

स्काई न्यूज /असार ४,सुर्खेत।
समुदायस्तरबाट उपचारका लागि अस्पतालमा आउने बिरामीमा कोरोना पोजेटिभ देखिएपछि प्रदेश अस्पतालमा दोस्रोपटक आकस्मिक कक्ष सिल गरिएको छ । एकैदिन अस्पतालमा उपचारत तीनजनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पताल प्रशासनले बताएको छ । प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडलका अनुसार आकस्मिक कक्षमा भर्ना भएका दैलेखका दुईजना र सुर्खेतका एक जनामा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक कक्ष बन्द गर्नु परेको हो । उनीहरू सबैलाई समुदाय स्तरबाट कोरोना संक्रमण भएको डाक्टर पौडेलको भनाइ छ । संक्रमितको उपचारमा संलग्न र सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरु सेल्फ आइसोलेसनमा बसेका छन् ।

Translate »