कर्णालीमा कोरोना संक्रमितको संख्या ९६७ पुग्यो

स्काई न्यूज /जेठ ३२, सुर्खेत ।
कर्णालीमा कोरोना संक्रमितको संख्या ९६७ पुगेको छ । शनिबार प्रदेशभरी कोरोना संक्रमिति संख्या ९१५ जना रहेकोमा आइतबार थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै ९६७ पुगेको हो । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएका हुन् । नयाँ थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनले दैलेखका ३७ जना मध्ये नौमुले गाउँपालिकाका ३४ पुरुषसँगै १ जना महिला रहेको बताए ।

उनका अनुसार दुई जना पुरुष नारायण नगरपालिकाका रहेका छन् । त्यस्तै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिकाका एक जना पुरुष, गुर्भाकोटा नगरपालिकाका आठ जना, लेखबेसी नगरपालिकाका एक जना पुरुषसँगै पञ्चपुरी नगरपालिकाका पाँच जना पुरुष रहेका छन् । प्रदेशमा दैलेख अस्पतालबाट २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना गरी आइतबार कुल ३ जना डिस्चार्ज भएका छन् । यो सँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ ।

Translate »