कर्णालीमा कोरोना संक्रमितको संख्या ९०० नाघ्यो

 

स्काई न्यूज जेठ ३२, सुर्खेत ।
कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कर्णालीका सुर्खेत, दैलेखका गरी ७० जनालाई कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले बताएको छ । योसँगै प्रदेशमा ९१६ पुगेको छ । नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना मध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना र दैलेखका ३० जना मध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुंगेश्वरका १ जना रहेका छन् । दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भएसंगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ ।

अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ । दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका ३५ वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । कर्णालीका १० जिल्लामध्ये ९ जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ । अब कर्णालीमा कोरोना संक्रमण पुग्न रूकुमपश्चिम मात्रै बाँकी छ । कर्णालीमा ९१६ मध्ये जिल्लागत संख्या दैलेख ५०२ जना, सुर्खेत १९७ जना, सल्यान १३७ जना, कालिकोट २८ जना, जुम्ला २४ जना, जाजरकोट ८ जना, मुगु २ जना, हुम्ला १ जना, डोल्पा १ जना र अन्य प्रदेशका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

Translate »