कोरोनाबाट कर्णालीमा पहिलो मृत्यु

मृत्तक दैलेखका एक पुरुष

स्काई न्यूज /जेठ १७, सुर्खेत ।
कर्णाली प्रदेशको दैलेखमा कोरोना भाइरस (कोभिड–१९) का कारण एक युवाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट मृत्यु हुने यो नै पहिलो घटना हो । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको रिपोर्टको नतिजा पोजेटिभ आएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।  दुल्लु–११ का ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती पुरुषको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Translate »