बाँकेमा पत्रकारलाई कोरोना संक्रमण

स्काई न्यूज/ जेठ १३, नेपालगन्ज ।
बाँकेमा पत्रकारलाई पहिलोपटक कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का एक पत्रकारलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको बाँकेका ८ संक्रमित मध्ये पत्रकार पनि हुन् । बाँकेमा यसअघि एक जना नर्स र एक जना प्रहरीमा पनि संक्रमण भइसकेको छ । बाँकेमा हालसम्म १ सय ५४ जनामा संक्रमण हुँदा एक जनाको मृत्यु भइसकेको छ भने २२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Translate »