कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

अब अन्तिम रिपोर्ट सुर्खेतबाटै

स्काई न्यूज/ जेठ १२, सुर्खेत ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको अन्तिम पीसीआर रिपोर्ट अनुसार ५ जना र प्रदेश अस्पताल सुर्खेतसँगै पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको पीसीआर रिपोर्टको नतिजा अनुसार २ जना गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७ जना नयाँ संक्रमितसहित यसअघि सुर्खेतका ३ र दैलेखका एक गरि कर्णालीमा अब कुल संक्रमितको संख्या ११ पुगेको छ । डब्लुएचओको मापदण्ड अनुसारको सख्या पुरा गरेपछि अब देखि कोरोनाको अन्तिम रिपोर्ट सुर्खेतबाटै आउने बताईएको छ । नयाँ कोरोना संक्रमित हुने मध्ये दैलेखको नारायण नगरपालिका–३ का १५ वर्षिय र नारायण नगरपालिका–६ कै १६ वर्षिय किशोर, यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षिय एक पुरुषसंगै २७ वर्षिया उनकी श्रीमती र सोही वडाका २७ वर्षिय पुरुषमा समेत कोरोना पुष्टि भएको पाईएको हो ।

उनीहरु सबै भारतबाट आएका हुन् । त्यसैगरी गुराँस गाउँपालिकाका २४ बर्षिय र ३५ बर्षिय दुई जना पुरुषमा समेत कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रीता भण्डारीले जानकारी दिईन् । कर्णालीका संक्रमित ९ जनामध्ये ५ जना दैलेख सदरमुकामस्थित एक विद्यालयको आइसोलेसनमा रहेका छन् । सोमबार दैलेखका थप दुईजनामा कोरोना पुष्टि भएको थिए । कोरोना संक्रमण भएकामध्ये पहिलो चरणका व्यक्तिलाई सम्बन्धित जिल्लाकै आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन चिकित्सकले सरकारलाई सुझाव दिएका छन् । चिन्ह–लक्षण देखिएका र समस्या उन्मुख बिरामीलाई मात्र कोरोना विशेष अस्पतालमा उपचार गर्नुपर्ने उनीहरुको भनाइ छ ।

Translate »