कर्णालीमा कोरोना ‘पोजेटिभ’ आशंका

पुर्नजाँचका लागि नमूना नेपालगञ्ज पठाईयो

स्काई न्यूज/ जेठ ५, सुर्खेत ।
कर्णाली प्रदेशमा लकडाउनको ५६ औं दिनमा पीसीआर परीक्षणमा कोरोना संक्रमणको आशंका गरिएको छ । कर्णालीको प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट ‘पोजेटिभ’ आएको हो । केही समय अघि भारतको आगराबाट आएका दैलेखका एक जना युवाको पीसीआर परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारी जोशीले बताईन् । उनले रिपोर्टको पुनः परीक्षणका लागि स्वाबको नमूना नेपालगञ्ज पठाइएकाले साँझ वा भोलि बिहानसम्म पूरै रिपोर्ट आउने जनाईन् । यता अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंका गरिएका युवा ४५ दिन भारतको वनवासामा बसेर आएको र उनलाई दैलेखको आठबीस नगरपालिकाले उद्धार गरेर जेठ १ गते आठबीस ल्याएको थियो ।

Translate »