अत्यावश्यकीय वस्तुको अभाव हुन नदिन माग

बैशाख ३०,सुर्खेत ।

कोरोनाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले नाकाबन्द गरेपछि यहाँ अत्यावश्यकीय वस्तुको ढुवानी ठप्प भएको छ । प्रदेश भित्रिने सबै नाका बन्द गरेपछि यहाँ खाना पकाउने ग्यास, औषधि ढुवानी तथा एम्बुलेन्स आवागमन समेत ठप्प भएको हो । कर्णाली प्रदेश सरकारले यही वैशाख २२ गते राति १२ बजेदेखि नाकाबन्द गरेको थियो । सरकारले एक साताका लागि नाका बन्द गरे पनि अर्को निर्णय नहुञ्जेलसम्म यथावत् राखिएको छ । यसले गर्दा सुर्खेत उपत्यकामा खाना पकाउने ग्यास र केही औषधिको अभाव देखिन थालेको बताइएको छ  । ग्यास ढुवानीका लागि तयारी अवस्थामा राखिएका सिलिन्डर विभिन्न ठाउँ–ठाउँमा रोकिन पुगेका छन् भने व्यवसायीले आवश्यक औषधि आपूर्ति गर्न सकेका छैनन् ।

Translate »