हर्रेको रिपिटर टावर र्ममतपछि परीक्षण प्रसारण शुरु

स्काई न्यूज/ बैशाख २७, सुर्खेत ।
सुर्खेतको हर्रे स्थित रेडियो नेपालको रिपिटर टावर र्ममतपछि परीक्षण प्रसारण शुरु भएको छ । गत विहीबार वर्षासँगै आएको हावाहुरीले रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर ढालेपछि अवरुद्ध एफएम १०० मेगाहर्ज प्रसारण आज मर्मतपछि सुचारु भएको हो । हावाहुरीले क्षतिग्रस्त बनेको रिपिटर टावर पुर्ननिर्माण गर्न केही समय लागेपनि प्राविधिकहरुको अथक प्रयासबाट आज ५ बजे देखि परीक्षण प्रसारण शुरु गरिएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख जानकीशरण साहले जानकारी दिए ।

उनका अनुसार हावाहुरीले रेडियो नेपाल र नेपाल टेलिभिजनको क्षतिग्रस्त टावर एवं एन्टिना पुर्ननिर्माण गर्न केही समय लाग्ने भएपनि हाल अवरुद्ध प्रसारणलाई सुचारु मात्र गरिएको हो । टावर रेडियो नेपालकै एफएम रिले स्टेशनको घरको छतमा ढलेको थियो । रेडियो नेपालको मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट  निरन्तर प्रसारण भईरहेको उनको भनाई छ ।

Translate »