हावाहुरीले हर्रेमा रेडियो नेपालको टावर ढल्यो


स्काई न्यूज /बैशाख २५, सुर्खेत ।
आज विहान वर्षासँगै आएको हावाहुरीले सुर्खेतको हर्रे स्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर ढलेको छ । टावर रेडियो नेपालकै एफएफ रिले स्टेशनको घरको छतमा ढल्दा भौतिक क्षति पुगेपनि मानविय क्षति नभएको रेडियो नेपाल हर्रे स्थित एफएम रिले स्टेशनका प्राविधिक मोहन खत्रीले जानकारी दिए । उनले (विहीबार) आज विहान ६ बजेतिर हावाहुरीले रिपिटर टावर ढल्दा रेडियो नेपाल र नेपाल टेलिभिजनको एन्टिना भाँच्चिएपछि प्रसारण अवरुद्ध भएको बताए ।

 

यता हावाहुरीले क्षतिग्रस्त टावर बनाउन केही समय लागेपनि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण भईरहेको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिए । उनका अनुसार हावाहुरीले ढलेको टावर मर्मत गर्न केही समय लाग्ने छ ।

Translate »