प्रशासनिक मार्गको काम सहमति भइसक्दा पनि शुरू भएन

स्काई न्यूज/ बैशाख १९,सुर्खेत ।

कामको शुरुवातमै विवादका कारण बन्द रहेको प्रशासनिक मार्ग अन्तर्गत ठाटीकाँध खण्डको काम सहमति भइसक्दा पनि सञ्चालन हुन सकेको छैन । दैलेख क्षेत्र–२ को तीन नगरपालिका र दुई गाउँपालिकाको मेरुदण्ड मानिएको मार्गको ठाटीकाँध खण्डकोे विवाद सुल्झिए पनि काम बन्द भएको हो  । गत आइतवार प्रशासनिक मार्गको ट्रयाक खोल्ने बेला ठाटीकाँध गाउँपालिका–२ का अध्यक्ष रुपलाल विश्वकर्माले सडक पिपलचौतारा भएर प्याडुली जानुपर्ने माग्दै राख्दै सडक खन्न लागेको डोजर रोकेका कारण विवाद बढेपछि जिल्ला प्रशासन् कार्यालय दैलेख र सडक डिभिजन कार्यालय सुर्खेतले काम बन्द गरेको हो । ठाटीकाँधको भैरवस्थान–प्याडुली खण्डको ट्रयाक खोल्ने स्थानमा विगत एक बर्ष देखि जनप्रतिनिधि बीच विवाद हुँदा काम अघि बढेको थिएन् । वडा–२ का अध्यक्ष विश्वकर्माले लकडाउनको बेला ‘होमक्वारेन्टाईनमा’ बसेका जनतालाई बोलाई सडक रोकेपछि वडा नं. १ र २ का स्थानीयबासी बिच विवाद चुलिएको थियो ।

विवाद चुलिएपछि प्रशासनिक मार्ग रातो किताबमा उल्लेख भए अनुसार हुनुपर्ने माग राख्दै गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र वडा नं.–२ अध्यक्ष विरुद्ध नाराजुलुस गरेका थिए । कोरोना भाईरस संक्रमण फैलिन नदिन एक वडादेखी अर्को वडा प्रवेश गर्न रोक लगाएपनि वडाअध्यक्ष विश्वकर्मा लकडाउनको उल्लंघन गर्दै  व्याक्तिगत स्वार्थमा जनता लडाउन खोजेको वडा नं –१ का स्थानीय विर्खबहादुर शाहीले बताए । सडक डिभिजन कार्यालयको रातो किताबमा मटेल्लालाई जिरो प्वाईन्ट मानेर पालिकाको मटेल्ला–प्याडुली–भैरवस्थान–ठाटीकाँध–पाँचाला–आग्र हुदै स्याउलेकाँध जोड्ने उल्लेख गरिएको छ । यद्यपि उल्लेख गरिए भन्दा फरक ठाउँमा सडक लिने गाउँपालिका अध्यक्ष शाही र वडाअध्यक्ष रुप विश्वकर्माको स्वार्थले गर्दा सडकमा विवाद आएको स्थानीबासीको बुझाइ छ ।  ‘जनप्रतिनिधिले गाउँमा आएको विवाद मिलाउने हो तर, उहाँहरुले आफ्नो स्वार्थका लागि जनतालाई लडाउन् खोज्नु राम्रो होइन्,’ शाहीले भने । लकडाउनको उल्लंघन गरी गाउँपालिका अध्यक्ष विरुद्ध नाराजुलुस भएको सामाजिक सञ्जालमा आउँदा जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयले  जनताको एक आफसमा झडप हुने अवस्था आएपछि काम रोकेको हो ।

प्रशासनिक मार्ग कतादेखी लिने भन्ने विषयमा १ बर्षअघि देखि जनप्रतिनिधि बीच आन्तरिक लडाई थियो । सोमबार जिल्ला प्रशासनले काम रोकिदिएपछि मंगलबार पुन ः रातो किताबमै उल्लेख भएको स्थान् ठाटीकाँध –भैरवस्थान्–प्याडुली हुँदै मटेला नै लिने सहमति भएको पत्र जिल्ला प्रशासन र सडक डिभिजनमा आएको सडक डिभिजन कार्यालय सुर्खेतले बताएको छ  । ‘हामी त्यो काम आज सम्म गरिसक्ने थियौं ,’तर, ट्रयाक खोल्ने (भैरवस्थान–प्याडुली) स्थानमा जनप्रतिनिधि बीचनै विवाद भएपछि काम अघि नबढेको डिभिजन कार्यालयका इञ्जिनियर देबेन्द्र भट्टराईले बताए ।

‘हामीले नयाँ ट्रया खोल्ने स्थान (ठाटीकाँध–भैरवस्थान) सम्मको सडकमा डबल कटिङ्को काम गरिरहेका थियौं,’उनले भने् । विवाद सुल्झिएपछि काम अघि बढ्न सक्ने भट्टराईले अभियानलाई बताए । पञ्चबडीमालिका निर्माण सेवा कम्पनीले करिब ३४ लाख बराबरको बजेट अनुसारको काम गरिरहेको थियो,’ कम्पनीका प्रतिनिधि राजेन्द्रबहादुर शाहीले भने् । तर,त्यही काम पनि पुरा हुन सकेन् ।

मंगलबार सहमति भएपछि भएकाले तत्काल काम सञ्चालन गरिदिन् माग गरिएको पत्रमा उल्लेख छ । तर, दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रिले लकडाउनको अबस्था सामान्य भएपछि मात्र अनुमति दिने बताए । निर्णय पठाएर मात्र हुँदैन्,’सहायक प्रअजि क्षत्रिले भने, हामीले यहाँ भन्दा पहिला सरकारले तोकेको मापदण्डका आधारमा काम गर्न भनेका थियौं तर,उहाँहरुले मान्नुभएन्  ।  मापदण्ड प्रयोग नगरी लकडाउन उल्लंघन गरेकोले काम रोकेको प्रशासनले जनाएको  छ ।
गाउँपालिका अध्यक्ष शाही प्रति जनताको असन्तुष्टि बढ्दो !

करिब २ बर्षमा नै गाउँपालिका अध्यक्ष धीरबहादुर शाही प्रति स्थानीयको असन्तुष्टि बढ्दो छ । अध्यक्ष शाहीले आफु पर्दा पछाडी रहेर वडाअध्यक्ष रुपलाल विश्वकर्मालाई  अगाडी सारी प्रशासनिक मार्ग प्याडुली–भिमलाई हुँदै स्याउँलेकाँध लैजाने योजना बनाएको  नेपाली काँग्रेस ठाटीकाँधका सभापित नामबहादुर शाहीले बताए ।
अध्यक्षको यही स्वार्थले गर्दा विवाद भएको हो । गाउँपालिकाको बजेटले गाउँपालिका अध्यक्ष घरबाट हुईता जाने बाटो खनिएको छ । त्यसैमा प्रशासनिक मार्ग मिलाउँदा गाउँपालिकामा बन्ने सरकारी कार्यालय बनाउने स्वार्थ थियो । त्यो जनताले थाहा पाए । अनि रातो किताबमा उल्लेख भएअनुसार सडक खन्नु प¥यो भनेर जनताले आवाज उठाए,’उनले भने ।
गाउँपालिका भवन निर्माण लागि उहाँले नै आफ्नै गाउँ सेरीपाटा बनाउन प्रस्ताब ल्याउनु भयो । भोली प्रशासनिक मार्ग त्यहाँ भएर जाँदा गाउँपालिका भवनको लागि एउटा आधार बन्छ, भन्ने स्वार्थ छ ।
प्रशासनिक मार्ग ठाटीकाँध भएर पाँचाला जाँदा भवन निर्माणका लागि एउटा आधार कम हुने भएपछि पर्दा पछाडी रहेर खेलखेलीरहेको जनगुनासो छ, भने वडा नं. १ का अध्यक्ष नर्तम बुढाको कमजोरी देखिन्छ । तर, गापा अध्यक्ष शाही आफुमाथि लगाएको आरोप स्विकार्न तयार छैनन् । गाउँपालिकाकाा एक कर्मचारीलेअनुसार अध्यक्ष शाहीको सडकमा कुनै विमती नभएको बताए ।
केही महिना अगाडी नेकपा पार्टी ठाटीकाँध गाउँपालिकाले सहमति जुटाएर रातो किताबमा उल्लेख भए बमोजिम प्रशासनिक मार्ग बनाउने निर्णय गरेको थियो । त्यसमा गाउँपालिकाले अध्यक्ष र २ का वडाअध्यक्ष विश्वकर्मा समेतले सहमति जनाएको नेकपा स्रोतले जनाएको छ  । अध्यक्ष शाहीको यस्तै कारणले केही समय अघि विप्लवले उनकै घरबाट उठायर कालिकोट पु¥यायको थियो ।
प्रशासनिक मार्गमा उल्लेख गरिएको ठाउँबाट नै लिनुपर्ने संघीय सांसद राजबहादुर बुढाको भनाई छ । तर, साथिहरु (जनप्रतिनिधि)ले स्थानीय स्तरमा विवाद गर्नु राम्रो होईन् ,’उनले भने् । यही मार्ग अन्तर्गत राकम कर्णालीमा पुलको काम अहिले धमाधम भईरहेको छ ।

Translate »