सनराइज बैंकद्वारा प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


स्काई न्यूज /बैशाख ११, सुर्खेत ।
सनराइज बैंकले कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै बैंकले कर्णाली प्रदेश अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग हो । बैंकको कर्णाली प्रदेश कार्यालय र वीरेन्द्रनगरस्थित शाखा कार्यालयले कोरोना भाइरसका संक्रमितहरूका सेवामा खट्न पर्सनल प्रोटेक्टिप इक्वीमेन्ट ९पिपिई० २५ थान र अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो । सनराइज बैंक, सुर्खेतका प्रमुख सुस्मा गिरीले कर्णाली प्रदेश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको माग अनुसार बैंकको तर्फबाट स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी दिइन् । उनले भनिन् ‘बैंकको कर्णाली प्रदेश कार्यालय र शाखा कार्यालयका तर्फबाट ८ थान पुनः प्रयोग गर्न मिल्ने पिपिई सेट र १७ थान डिस्पोजेबल पिपिई सेट लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएका हौं ।’

Translate »