राहतको प्रतीक्षामा भूमिहीन दलित समुदाय

स्काई न्यूज बैशाख ११, सुर्खेत ।

पश्चिम दैलेखको आठबिस नगरपालिका–१ सुकिपिउलीको दलित बस्तीमा खाद्यान्नको अभाव भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अथवा बन्दाबन्दीका कारण दलित बस्तीमा खाद्यान्नको अभाव भएको हो । कडाउनसँगै गाउँघरमा हुने विकास निर्माण काम रोकिएकाले ज्यालादारी गरेर खाने परिवारको दैनिकी खोसिएपछि भूमिहीन दलित बस्तीका नागरिकलाई छाक टार्न समस्या बल्झिएको हो । मजदूरी गरेर ल्याएको खाद्यान्न सकिएपछि केही दिन आफन्तको घरबाट पैंचोमा चामल, नून, तेल मागेर जहान परिवार चलाएको स्थानीय दिपा नेपालीले बताइन् । तर, लकडाउनको अवधि थपिएपछि पैंचो ल्याएको खानेकुरा सकिएपछि जहानपरिवारले भोकै सुत्नुपर्ने बाध्यता भएको छ,’ उनले भनिन् ।  ‘आफूसँग भएको केही पैँसाले गाउँका साहुमहाजनबाट अन्न खोजेर ल्याएँ, केही दिन त गुजारा चल्यो, खोजेर ल्याएको अन्न कति चल्छ ?,’ अर्का स्थानीय नरबहादुर नेपालीले भने, ‘आफू भोकै रहेर बालबच्चालाई मात्र भोक मेटाउने गरेको छु ।’ केही स्थानीयले वर्षात्मा साहुँको खेतबारीमा रोप्नेरी, बाउसेको काम गरिदिने भनेर अन्य ल्याएर गुजारा गर्ने गरेको उनले जानकारी दिए ।

नगरपालिकाले विपन्न, आर्थिक अवस्था कमजोर भएकाहरूलाई राहत दिन्छ भन्ने रेडियोमा सुनेको भए पनि अहिले सम्म राहत नपाइएको सुकिपिउलीवासीको भनाइ छ । सुकिपिउली बस्तीमा २१ घरधुरीमा २५० जनसंख्या रहेको छ । साविकको सात्तला–६ मा बसोवास गरिरहेका दलितबस्तीमा २०४० सालमा बाढीपहिरोबाट विस्थापित भएपछि सुकिपिउली आएर जंगलमा बसेका थिए । तीन दशक बितिसक्दा पनि  लालपुर्जाविहीन दलित समुदायका नागरिकले  न त राज्यका सेवासुविधा नै प्रयोग पाएका छन्, न त उनीहरूको उत्पादन हुने जमीन नै छ ।स्थानीय बुद्धिजीवी चन्द्रबहादुर शाहीले लकडाउनको प्रत्यक्ष मार ज्यालामजदूरी गरेर जिविका चलाउने परिवारमा परेको बताए । घर जहान परिवारलाई पैसा कमाउन भारत गएका बीच बाटोमै अलपत्र छन् । दलित बस्तीहरू दोहोरो चिन्तामा छन् । एकातिर आफन्त कहिले घर फर्किने हुने भन्ने अर्को के खाने भन्ने चिन्ता छ,’ उनले भने । नगरपालिकादेखि यो वस्ती निकै टाढा छ  । आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले भने नगरभरका विपन्न परिवारलाई राहतको पहल भइरहेको बताए । ‘हामीले नगरका विपन्न, अपांग परिवारको सामान्य लगत ल्याइसकेका छौं । अबको केही दिनमै दलित बस्तीमा राहत वितरण गर्छौं,’ उनले भने ।

Translate »