कोभिड–१९ र मुस्लिमहरुको वीचमा फसेको ‘म’

 सैयद अन्वर

एउटा झ्याल, झ्याल सँगै जोडिएको ढोका, दिउँँसै बिजुली बाल्नु पर्ने अँध्यारो–अँध्यारो मेरो कोठा , तिन तले घर , घर मा बस्ने , मेरी दुई छोरी, दुई बहिनी , आमा र बा अनि हामी बुढाबुढी, सीमित समयसम्म ढुक्क पुग्ने जगेडा राखेको दाल, चामल र चिनी । न कुनै बाहिर डुल्नु पर्ने कारण, न त साँझ के खाँउ, बिहान के खाउ भन्ने डर, लकडाउन को पूर्ण पालन गरि घरभित्रै बसेको म, ब्यस्थ जीन्दगीमा पूर्णविराम लागेका मेरा दिनचर्या । कहिले टीभी, कहिले मोबाइल, कहिले नाच त कहिले अन्ताक्षिरी गान, बचेकुचे को समयमा गल्लि को बसाइ, छतको चढाई अनि, छतबाट देखिने बाहिरी दुनिया, प्रहरी साथीहरु को चहलपहल, फेसबुक लाईभमा पत्रकार बन्दै लकडाउन उल्लङ्घन गर्नेहरुको पर्दाफास गर्ने ति मैले चिनेका साथी,थरि थरि का पैदल यात्री, पास देखाउँदै हिड्ने कताकति मोटर गाडी, औषधिका पुराना खालि सिसि झुन्ड्याएर हिड्ने मोटरसाइकल अनि स्कुटी ।


आफैलाई घरभित्रै क्वारेन्टाइनमा राख्छु । सुरक्षित छु भन्ने अनुभूति गर्छु, यिनै औला घुमाई–घुमाइ संक्रमितहुने, निको हुने, मृत्यु हुनेहरुको दैनिकी तथ्यांक अवलकन गर्छु, बेखर्ची र अलपत्र परेका यात्री, देश–प्रवेश नपाएका नेपाली, छाक टार्न सकस हुने दैनिकी मजदुरीवालाहरुको बेथा, पैदल हिँड्दै आफ्नो गाउँ घर फर्केकाहरूको कथा, सरकारले गरेका काम, बाठा ब्यापारीले मौकामा कमाएका दाम, आदि सम्म को टिका–टिप्पणी गर्छु । एक सुको दान नगर्ने म, दुई वटा केरा, दुई किलो चामल दान गर्ने, छ जोडी संयुक्त हात हरुको फोटोमा आलोचित कमेन्टसम्म लेख्न भ्याउँछु । म यसरी नै दिन बिताउँदै छु । नेपालको अर्थतन्त्रमा पर्नसक्ने असर बारे समाचार पढ्छु, हामीले के गर्न सकिन्छ भनि विचार बिमर्स अनि चिन्तन गर्छु । यो अबधिमा यस्तै–यस्तै कुरा मा म सीमित देखिन्छु । नेट इन्टरनेट को जालोमा फस्दै गएको मेरो दैनिकी, मोबाइलमा फेसबुक,य़ुट्युब,समाचार अनि टिकटकसम्म हेर्न थालेको छु । म हर एक आम नागरिकले जस्तै दिन बिताउदै छु, बिबस छु, लाचार छु । तीनै कुरा हेर्छु, जुनकुरा देखाईन्छन् । यिनै कुरा कुरा सुन्छु, जुन सुनाईन्छन् । म, तपाई जस्तै चिन्तित छु । म पनि बैंकबाट आउने फोन कलमा तर्सिन्छु । ब्याजछुट हुञ्छ भन्ने समाचार मा हर्सितछु । म पनि तपाई जस्तै, लकडाउन अबधि अनि र जगेडा बचेको रासन पानीको अड्कलन गरिरहन्छु । छोरीले किट्क्याटरडेरिमिल्क भनि रहँदा, गोजी छाम्न पुग्छु । सारांस मा भनौ भने यहाँ म, हर एक मध्यम बर्गीय सहरबासी नागरिकलाई प्रतिनिधित्व गर्छु । यदी मेरो नाम लाई भुलेर पढ्ने हो भने, म कुनैपनि जात,धर्म को हुन सक्छु । म कुनैपनि राजनैतिक पार्टीप्रति आस्था राख्न सक्छु । म एक नीजि कर्मचारी, सरकारी अधिकारी, समाजसेवी वा व्यापारी पनि हुन सक्छु ।


दिनहरु बित्दै गयें, कोरना संक्रमित को संख्या बढ्दै गये मृत्यु हुनेहरु लगभग पौने लाई लाख पुग्न लागिसके, दोषीको खोजी जारी नै रहयो, अमेरिकाले चीनलाई , चीनले अमेरिकालाई आरोप लगायो । इरानले सुन्नी मुस्लिमलालाई आरोप लगायो, पाकिस्तानले सिया मुस्लिमलाई आरोप लगायो, इटली र फ्रान्सले अफ्रिकनहरुलाई बस्न खान दिएनन् । भारतीय मिडियाहरुमा लाईभ डिबेट चल्नथाले, मै हुँ भन्ने हस्ती अनि देशभक्त भनाउँदाहरुले निजामुद्दिन मरकजमा आउने मुस्लिम जमातीहरुलाई आरोप लगाएरै छाडे। आरोपको प्रति आरोप लाग्दै लगाउँदै गयें, कर्याैं ठाउँहरुबाट साम्प्रदायिक दंगाका समाचार आयें, कसैले पिटाइ खाये, कोइ कोइ झुण्डियरै मरे, यस्तै समाचार हेर्दै दिनहरु बिताउँदै थिये, एका बिहानै भारतीय नामचलेका च्यानलले बडी खबर भन्दियो, पूर्बी नेपाल तिरका कुन्नि कुन पो गाउँपालिकाका अध्यक्ष जालिम मियालाई ठूलै आरोप लगाइयो । उनी रातारात कोरोना भाइरस फैलाउने मुख्य योजनाकारकारुप परिचित बने । यो खबरले नेपालमा पनि तरंगित बनायो । फेसबुके पत्रकार, युट्युबे पत्रकार, थरी–थरी नाम भएका अनलाईन समाचारहरुले काम पाये । जालिमसंगै उनले मान्ने धर्मलाई समेटियो । सदियौं देखिको भाइचारा, सामाजिक सद्भावनामै खलल पु¥याउने समाचारहरु सम्प्रेसण हुन थाले । सामाजिक सञ्जालहरु रंगिन देखिन थाले । पोस्टहरु माथि पोस्ट थपिँदै गयें । पोस्टहरु फर्वार्ड्स गरिँदै गये। कसैले कमेन्ट गरे कसैले खण्डन गरे, कसैले अरुको पोस्टलाई शेयर गरे । कुरा बढ्दै गयो कमेन्टहरुमा फाइट बढ्दै गयो । सज्जन पनि भेटिए, मुर्ख पनि भेटिए । विदेशबाट आएका कोइ मस्जिदमा लुकेका छन् भने निगरानी गर्ने निर्णय भएछ । मेरो बुवालाई, मस्जिद कमिटिको सचिब भएका नाताले वडा अधक्षको फोन पनि आएछ । मस्जिद वरीपरी बस्ने मुस्लिमहरुलाई चेकजाँच गरिएछ । एकजनालाई तीन पटक तीन टोलीले चेक जाँच गरेछन । दारी पालेको देखेर ‘ईण्डिया घर कहाँ है आपका ? भनि प्रश्न सोधेछन् । रौतहट हो मेरो घर भनि उनले जवाफ दिए छन् ।’ त्यति बेला उनले आफुमाथि अपहेलना भएको महसुस गरे । मनमा शंका उब्जिएछ र बाहिर निस्छनु भएछ । दारु पार्टी चलिराखेको छिमिकीको घरमा पस्दै नपसी चेकजाँच गर्ने टोली आफ्नो बाटो लागेछन् । यी र यस्ता लकडाउनका  प्रतिनिधिमुलक घटना बनेका छन् ।
माथिल्लो चोकमा पसलगर्ने दाजुले, फेसबुकमा भिडियो हाल्दिएछन । ‘मुस्लिम समुदायमा आज कोभिड–१९ को चेकजाँच गर्दै’ भन्ने शिर्षक ठोकिदिएछन, सबैले बा, बा गर्दै कमेन्ट गरेछन । मुस्लिम समुदाय नभनी फलानो टोल वा फलानो गाउँ भनि दिएको भयें तिको के नै जान्थ्यो र ? भन्ने जस्ता मेरा मनमा प्रश्न तेर्सिन्छन । मैले देखेको लकडाउन प्रभावकारी नै देखिन्छ । टेस्ट अनि चेक जाँच बरु कस्तो–कस्तो भैरहेको छ जस्तो पो लाग्छ । यता अर्थ तन्त्र संकटमा छ भने उता कोरोनाले धर्मको नाममा हुर्काउँदै गरेको त्रास । भोलिपल्टै गलत साबित हुने सम्प्रेरित सामग्रीहरु तयार पारिन्छन् ।  समाचारहरु भाइरल भैदिन्छन् । होली र ईदसंगै मनाउने मेरा नजिक का साथीले सामाजिक संजालमा मस्जिदमा बसेका जमातीहरुको फोटो पोस्ट गर्दै ‘यि मुस्लिमहरुलाई गोलि ठोकौ सरकार’ भन्दै हल्लाबोल गरिदिन्छन् । एकजना छिमेकी काकाले थाली चाटी–चाटी खाने २/३ वर्ष पुरानो बोहोरा–मुस्लिमसमुदाय को भिडियो शेयर गर्दै, ‘यसरि फैलाउँदै छन् मुस्लिमहरुले भाइरस’ भनि स्ट्याटस लेख्न भ्याइदिन्छन । अर्का एकजना, मेरा साहु महाजनले एक बिमारी बृद्ध, जसको पैसा गन्दा औलामा थुक लगाउने नछुटेको बानिले गर्दा फलफुल बेच्दा थुक लागाएर बेचेको पुस्टि भैसकेको पुरानो भिडियोलाई कोरोनासंग जोडेर शेयर गरिदिन्छन । तरकारी किन्न जाँदा भेट भएका सधै नास्ताखाने होटलवाला दाईले, ‘मुसलमानहरुबाट नेपाल मा फैलिने भयो’ भनि प्याच्च बोलिदिन्छन् । संगै उठबस भैरहने एक जना बैंकका कर्मचारीसाथीले आफ्नो फेसबुक स्ट्याटसमा थुक लगाएको पैसा फालेर कोरोना फैलाउनेलाई कस्तो कार्बाही होला हेर्न बाकीू भन्दै सत्य समाचार डटकम को असत्य समाचार शेयर गरिदिन्छन ।


यिनै घटना तथा परिघटनाका कारण, तरंगित मेरो मन आज एक्कासी ससंकित हुन्छु । हामी भन्न रुचाउने मू आज साञ्चिकै वीचमा हराएको छु । फसेको छु । अघोसित सामाजिक बहिसकार भएको अनुभव गरिरहेको छु । हडबडाउछु, अतालिन्छु, अनगिन्ति जवाफ अफैभित्र खोजिरहेको हुन्छु, कतै मेरो त्यो साथि, मेरो त्यो सहपाठी, मेरा ति साझेदारहरु म देखि नजिक हुँदा डराउने त हैनन् …!  भनि आफै झस्किन्छु । बि.सं. १४५७ देखिको गौरवान्ति इतिहास बोकेका, हामी मुख्यतयाः नेपालमा पहाडी, कश्मिरी, तिब्बती अनि मधेसी मुस्लिम गरि चार थरिका छौ । मेरो लागि राष्ट्र भन्दा माथि मेरो धर्म हुदैन, र हुन पनि सक्दैन् । कुनै व्यक्ति विशेषले गल्ति गर्न सक्छ। त्यसको भागिदार त्यहीं नै हुनुपर्छ । एकजनाको धर्मसंग जोडेर साम्प्रदायिक कुरा गरेको कसलाई पो मन पर्छ र …? म आफुलाई संसारकै सबैभन्दा भाग्यशाली नागरिक ठान्दछु । किनकी हामीले यहाँ धार्मिक सहिष्णुता, धार्मिक सद्भावका साथै सदियौदेखि भाइचारा कायम गर्दै हाम्रो मातृभूमिलाई राष्ट्रिय एकतामा बाँधेर राख्न सकेका छौं । राष्ट्र टुक्राउने दाउँमा हुनेहरु हजार भेटिन्छन । सुनियोजित सम्प्रेरित सामग्रीहरुको सत्य तथ्य नबुझी आफ्नो व्यक्तिगत राय विचार सामाजिक सञ्जालमा सजिलै व्यक्त नगरौ, किन की यहाँ भारतीय ज्वाई तथा सम्धीहरुको कमी छैन । त्यस्ता बिखण्डनकारी तथा कट्टरतावादीहरुको जाल र चालमा नफसौ, सजग रहौ। संयमित बनौ । यस्तो आक्रान्त परिस्थितिमा राज्यलाई सहयोग गरौ, समस्यामा नपारौ। किनकी “जननी जन्मभुमिस्च स्वर्गादपि गरियासी”

लेखकः– Founder and CEO of Ideal solution & consultants pvt.ltd birendranagar-6, Surkhet and Also owner& managing director of swornim business concern pvt.ltd  हुन् ।

Translate »