प्रदेश विपद् कोषमा सेन्चुरीको ५ लाख सहयोग

स्काई न्यूज /बैशाख ७, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा व्यवस्थापनका लागि स्थापना गरेको प्रदेश विपद् कोषमा सेन्चुरी कमर्शियल बैंकले सहयोग रकम हस्तान्तरण गरेको छ । सेन्चुरी कमर्शियल बैंक कर्णाली प्रदेश प्रमुख धर्मराज श्रेष्ठले आईतबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । विपद्को घडीमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम हस्तान्तरण गरेको सेन्चुरी बैंक सुर्खेत शाखाका शाखा प्रबन्धक विश्व भारतीले बताए । यता मुख्यमन्त्री शाहीले विपद् कोषमा विभिन्न संघसंस्थाले आफ्नो दायित्व सम्झेर सहयोग गरेको प्रति धन्यवाद व्यक्त गरे ।

Translate »