मनकारी बडुबालले दिए ‘बेखर्चीलाई खर्च’

स्काई न्यूज/ चैत २८, सुर्खेत ।
सरकारले कोरोना भाईरस नियन्त्रण तथा व्यवस्थापनका लागि लागु गरेको लकडाउनका कारण सुर्खेतको वीरेन्द्रनगरमा बेखर्ची भएकालाई सहयोग जुट्न शुरु भएको छ । शुक्रबार युवा समाजसेवी तथा ग्यालेक्सी मोवाईल हाउसका सञ्चालक विर्ख बडुबालले एक सातदेखि वीरेन्द्रनगरमा भोकभोकै बस्दै आईरहेका जुम्ला र दार्चुलाका नागरिकलाई दैनिक उपभोग्य बस्तु सहयोग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा यस दैनिकका सम्पादक आकाशतारा बयकले बेखर्ची भएर भोगभोगै बस्दै आएका नागरिकलाई सहयोगको अपिल गरेपछि समाजसेवी बडुवालले दैनिक उपभोग्य बस्तु उपलब्ध गराएका हुन् । जुम्ला जिल्लाको हाकु घर भई हाल वीरेन्द्रनगर स्थित ‘खम्बा होटल’ मा काम गर्दै आएका पनराज पाण्डे लकडाउनका कारण होटल बन्द भएपछि बेखर्ची भएर विगत एक सातादेखि बालक्लिनिक र बुलबुले एफएमको वीच गणेशमान मार्गको एउटा बन्द घुम्तीको अगाडि भोगभोगै बस्दै आएका थिए ।

उनलाई समाजसेवी बडुबालले विस्कुट, मिक्स चिउरा एवं नगद सहयोग गरेका हुन् । त्यस्तै बडुबालले दार्चुला जिल्लाको रानीशिखर नगरपालिका घर भई हाल वीरेन्द्रनगर–६, हटियालाईनमा ‘नितेश सेकुवा सेन्टर’ सञ्चालन गरि जीविकोपार्जन गर्दे आएका मनोजसिंह खत्रीलाई लकडाउनका कारण होटल बन्द भएपछि चार जनाको परिवारलाई साँझ विहानको चुल्हो जल्न गाह्रो हुँदा उनलाई पनि चामल, दाल, तेल र नून सहयोग गरेका छन् । लकडाउनबाट उत्पन्न संकटको यस घडीमा मनकारी दाताले दैनिक उपभोग्य बस्तु सहयोग गरिदिएको प्रति दार्चुलाका मनोजसिंहले समाजसेवी बडुवालप्रति धन्यवाद व्यक्त गरे ।

Translate »