बौद्ध ग्रामिणद्वारा विपद् कोषमा २५ लाख सहयोग

स्काई न्यूज /चैत २६, सुर्खेत ।
बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना विरुद्धको अभियानमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारले कोरोना भाईरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि पस्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सहकारीले बुधबार २५ लाख रुपैयाँ सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको सहकारीका कार्यकारी प्रमुख विशाल केसीले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीका उपाध्यक्ष सिंहबहादुर गुरुङ्ग, सचिव पासाङ्ग महतराले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिका–९ नम्वर वडा कार्यालयलाई समेत १ लाख रुपैयाँ सहयोग गरिएको जानकारी गराएका थिए । सहयोग रकमबाट विश्वमहामारीको रुपमा रहेको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पुग्ने सहकारीले अपेक्षा राखेको छ ।

Translate »