अमेरिकी राष्ट्र पानामामा अनौठो क्वारेन्टाइन

पानामा । कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न मध्य अमेरिकी राष्ट्र पानामाको सरकारले अनौठो क्वारिन्टिाइनको व्यवस्ता अभिलम्बन गर्ने भएको छ ।

जसअनुसार बुधबार देखि लागू हुने गरी महिला र पुरुषले साताको भिन्न भिन्न बारमा दिनको दुई घण्टाका लागी मात्र घर बाहिर निस्कन पाँउने छन् ।

पानामाका रक्षामन्त्री वान पिनोका अनुसार, साताको तीन दिन महिला मात्र घर बाहिर आउन पाँउने छन् भने बाकीँ तीन दिन पुरुष मात्र बाहिर निक्लिन पाँउने छन् । आइतबार एक दिन भने कोही पनि घर बाहिर जान पाउने छैनन् ।

मध्य अमेरिकी राष्ट्र पानामामा कोरोना भाइरसको संक्रमणबाट ३० जनाको मृत्यु भइसकेको छ भने संक्रमितको सख्या एघार सय नाघेको , त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ ।

Translate »