विपद् कोषमा कुमारी बैंकको दश लाख
स्काई न्यूज /चैत १९, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा कुमारी बैंकले १० लाख सहयोग गरेको छ । बैंकले सहयोग वापतको चेक बुधबार प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको उपस्थितीमा कुमारी बैंकका सुर्खेत शाखा प्रबन्धक हिमालप्रसाद मुडभरीले हस्तान्त्ररण गरेका हुन् । त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका तर्फ बाट प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले समेत ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग हस्तान्त्ररण गरे । सो अवसरमा मुख्यमन्त्री शाहीले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकार, नीजि क्षेत्र, आम नागरिक सबैको सहकार्य अपरिहार्य रहेको भन्दै सहयोग दाताहरुलाई धन्यवाद व्यक्त गरे ।