कर्णालीका पाँच सय बढी क्वारेन्टाइनमा

 

स्काई न्यूज /चैत १९, सुर्खेत ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा पाँच सय पच्चिस जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अन्तर्गत लकडाउनको समयमा भारतलगायतका मुलकबाट फर्केर आएका कर्णालीका नागरिकलाई क्यारेन्टाइनमा राखिएको हो । ती मध्ये एक जनालाई आइसोलेशनमा राखिएको कर्णाली प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता जोशी भण्डारीले जानकारी दिइन् । उनका अनुसार सुर्खेतमा–१९२, दैलेखमा–२, जाजरकोटमा–८, रुकुम पश्चिममा–३०, सल्यानमा–२१, डोल्पामा १३०, जुम्लामा–७८, मुगुमा–९, कोलिकोटमा–५५ जना एवं हुम्लामा भने हालसम्म कसैलाई पनि क्वारेन्टाइनमा राखिएको छैन् । लकडाउन यता कर्णालीमा करिब साढे आठ हजारभन्दा बढी मानिसहरु भित्रिएका छन् । मंगलबार कर्णाली प्रदेशबाट कोरोना भाइरस नमुना परीक्षणका लागि थप ११ जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको छ । यसअघि पठाईएका १७ वटै स्वाव परीक्षण नेगेटिभ आएको थियो ।

Translate »