केन्दले कर्णालीलाई दियो स्वास्थ्य सामाग्री तथा उपकरण

स्काई न्यूज /चैत १७, सुर्खेत ।
कोरोना भाईरस (कोभिन–१९) रोकथाम तथा नियन्त्रणका लागि केन्द सरकारले चीनबाट ल्याईएका स्वास्थ्य सामाग्री तथा उपकरण कर्णाली प्रदेश सरकारलाई हस्तान्त्ररण गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले (आज) सोमबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई संघीय सरकारका तर्फबाट ती स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्त्ररण गरेका छन् । राज्यमन्त्री रावतले चिनिया भाषामा लेखिएको कारण कोरोना परीक्षण गर्ने मेशीन काठमाडौंमै प्राविधिक चेकजाँचपछि एम्बुलेन्समार्फत एक साता भित्र सुर्खेत ल्याईने जानकारी दिए ।

उनले स्वास्थ्य मन्त्रालयका तर्फबाट गाउन–४८० थान, एन–९५ मास्क–४८० थान, सर्जिकल मास्क– १० हजार थान, क्लोरिन–८ ड्रम, आईआर थर्मोमिटर– १० थानसँगै मेडिकल ग्लोब्स–२० हजार थान कर्णाली प्रदेश सरकारलाई हस्तान्त्ररण गरिएको बताए । यता कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले केन्द्र सरकारबाट प्राप्त ती सामाग्रीलाई प्रदेशका दश वटै जिल्लामा वितरण गरिने बताईन् ।

Translate »