नेपाल एयर लायन्सको जहाज नेपालगञ्जमा दुर्घटना

स्काई न्यूज /चैत १५, बाँके ।
नेपाल एयर लाइन्सको वाई–१२ जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको छ। क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौ‌ंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलको धावन मार्गमा चिप्लिएर दुर्घटना भएको हो । विमान अवरतण गर्ने बेलामा सिधै झाडिमा पुगेको थियो। जहाजमा ५ जना थिए ।


नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले जहाजमा सवार सबै जना सकुशल रहेको बताए । उनका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन् । ‘दुर्घटनाको कारणको पूर्णविवरण आउन केही बेर लाग्छ,’ उनले भने, ‘अहिले हामी उद्दारमा खटिएकाले सबै जाँचबुझ गरेर पछि विस्तृत रुपमा जानकारी दिउँला ।’ यता चालक दलका सदस्य र चिकित्सकहरुलाई लिन नेपाल एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरेको बताईएको छ।

Translate »