कोरोना त्रासले स्काई न्यूज बन्द गर्ने घोषणा

स्काई न्यूज/ चैत १०, सुर्खेत ।
मिडिया एड्भरटाईजिङ्ग एण्ड प्रोड्क्सनले ११ चैतपछि अनिश्चितकालका लागि सुर्खेतबाट प्रकासित स्काई न्यूज दैनिक पत्रिकाको प्रकाशन बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण मिडिया एड्भरटाईजिङ्ग एण्ड प्रोड्क्सनले छापा संस्करण बन्द गर्ने घोषणा गरेको हो । अवस्था सामान्य नहुन्जेलसम्म अनलाइनमा मात्र समाचारहरु अपडेट गर्ने मिडिया एड्भरटाईजिङ्ग एण्ड प्रोड्क्सनको बोर्ड कमिटीले जनाएको छ । मिडिया एड्भरटाईजिङ्ग एण्ड प्रोड्क्सनका प्रबन्ध निर्देशक डिलबहादुर खत्रीले भने, ‘मिडिया एड्भरटाईजिङ्ग एण्ड प्रोड्क्सनले स्काई न्यूज दैनिकको ११ चैत देखि आफ्नो छापा संस्करणलाई अवस्था सामान्य नहुञ्जेलसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । ‘आशा गरौं, केही समयको व्यक्तिगत दूरीसँगै हाम्रो सामूहिक सहकार्य र संघर्षले समाजलाई यो संकटबाट चाँडै पार लगाउनेछ ।’ स्काई न्यूज दैनिकले प्रेस काउन्सिल नेपाललाई पत्र लेखी नियमित प्रकाशन गर्न कठिन भएकाले राहतस्वरुप विशेष निर्णय लिइदिन आग्रह समेत गरेको छ । स्काई न्यूजद्वारा जारी विज्ञप्तिमा सबैतिर बजार बन्द भएसँगै पत्रपत्रिकाको प्रकाशनमा कठिनाइ परेकोले यस्तो निर्णय गर्नुपरेको उल्लेख गरिएको छ । न्यूज प्रिन्टको अभाव, समाचार संकलनमा जोखिम भएको उल्लेख गरिएको छ । पत्रपत्रिका बन्द भए पनि अनलाइन संस्करण भने बन्द नहुने विज्ञप्तिमा उल्लेख छ ।

 

Translate »