नेपाल टेलिकमको अनलिमिटेड डाटा प्याक

स्काई न्यूज/ चैत ९, काठमाडौं ।
नेपाल टेलिकमले अनलिमिटेड सस्तो डाटा प्याक ल्याएको छ । टेलिकमले अनलिमिटेड प्याकमा एक घण्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस गर्न सकिने जनाएको छ । २० रुपैयाँमै यो प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ ।  ‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राति ११ देखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राति ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ । रातको समयमा डाटा चलाउनुपर्ने व्यक्तिका लागि यो प्याक निकै उपयोगी हुने टेलिकमले बताएको छ ।

Translate »