व्यवसायिक साक्षरताले कृषकमा उत्साह

स्काई न्यूज /चैत ३, सुर्खेत ।
व्यवसायिक साक्षरताले वीरेन्द्रनगरका कृषकमा उत्साह थपेको छ । किसान–२, परियोजनाले कृषकलाई व्यवसायिक साक्षरता बनाएपछि कृषिका विविध आयामहरु बारेको जानकारीले कृषकमा उत्साह बढेको हो । व्यवसायिक साक्षरतामा कृषहरुलाई नेपालमा कृषिको अबस्था, कृषि स्रोतको पहिचान, बजारीकरण, बजारमुखी उत्पादन योजना, कृषिमा यान्त्रीकिकरण, व्यवसाय दर्ता, एकिकृत शत्रुजीव व्यवस्थापन लगायतका बिषयमा जानकारी राईएको छ । व्यवसायिक साक्षरता तालिमले कृषकको व्यवसाय विकासमा टेवा पुगेको लगनशील व्यवसायिक साक्षरता कक्षा बीरेन्द्रनगरकी गिताकुमारी तिमिल्सेनाले जनाईनु । उनले नाफामुलक व्यवसाय गर्नका लागि तालिमले ज्ञान सीप प्रदान गरेको बताइन् । ‘साक्षरता तालिम अघि दिदीबहिनीनले गरेको व्यवसाय व्यवस्थित हुन सकिरहेको थिएन्,’ उनले भनिन्, ‘सही व्यवस्थापन, लागत र आम्दानीको हिसाब किताब राख्ने कुरामा हामी चुकिरहेका थियौं ।

तालिमले यी सबैकुराको ज्ञान प्रदान गरेको छ ।’ त्यस्तै झरना व्यवसायिक साक्षरता कक्षाका रुद्रबहादुर सलामीले तालिमबाट व्यवस्थित एवं व्यवसायिक बनाउँदै कृषि पेशालाई मर्यादित बनाउन सकिने बताए । उनले परम्परागत रुपमा नै कृषि गर्दै आएका कृषकलाई व्यवसायिक कृषि साक्षरता तालिम दिन आवश्यक रहेको औल्याए । सोमबार वीरेन्द्रनगर–११, मा सञ्चालित लगनशील व्यवसायिक साक्षरता कक्षाका सहभागिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा वडाअध्यक्ष नन्दराम चालिसेले कृषकलाई व्यवसाय विकास सम्बन्धी जानकारीले क्षमता अभिबृद्धिमा टेवा पुगेको बताए । ‘देशमा अहिले पनि कृषि परम्परागत रुपमै चलिरहेको छ,’ उनले भने, ‘नयाँ ढंगले व्यवस्थितरुपमा व्यवसाय गर्नका लागि तालिमको ज्ञान सीपले कृषि उत्पादकत्व बृद्धिमा समेत टेवा पुग्नेछ ।’ कार्यक्रममा परियोजनाका एपिएमएम दिवाकर दवाडीले तालिम प्राप्त गरेका सहभागिलाई आगामी दिनमा व्यवसाय बिस्तार गर्नुका साथै व्यवसाय शुरु गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । दुई महिने व्यवसाय विकास सम्बन्धी तालिममा वीनपाका–२, ९, १०, ११, १२ र १३ मा गरी १४ वटा वडाका करिब तीन सय कृषक व्यवसायिक साक्षर भएका छन् ।

Translate »