होलीमा ४५ सवारीमाथि ट्राफिक कार्वाही

साढे ४५ हजार राजश्व असुल

स्काई न्यूज /फागुन २६, सुर्खेत ।
होलीमा ट्राफिक नियम विपरित सवारी चलाउने ४५ सवारी धनी कार्वाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको होली विशेष सुरक्षा योजना अन्तर्गत सोमबार ट्राफिक नियम विपरित सवारी चलाउने ४५ सवारी धनी माथि कार्वाही गरेको हो । नगद जरिवाना कार्वाही पर्नेमा टेक्ट्रर–२, मोटरसाईकल–४, स्कुटी–१ तथा अटोरिक्सा ६ वटा रहेको ट्राफिक कार्यालयले बताएको छ । कार्यालयका अुनसार ती सवारी साधनलाई कार्वाही गरेर साढे ४५ हजार रुपैयाँ राजश्व असुल भएको छ ।

Translate »