सुर्खेतमा लागु औषधसहित ३ जना पक्राउ

स्काई न्यूज /फागुन २६, सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध ब्राउन सुगरसहित तीन जनालाई रंगे हात पक्राउ गरेको छ । प्रहरीले सोमबार वीरेन्द्रनगर–११, सुब्बाकुना स्थित प्रहरी चेक पोईन्टमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख–५९९४ नम्वरको फोर्स गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको ६.८०० ग्राम लागु औषध ब्राउन सुगरसहित गाडीका चालक, सह–चालक र एक जना यात्रुलाई पक्राउ गरिएको जानकारी दिएको हो । पक्राउ पर्नेमा गाडीका चालक भेरीगंगा नगरपालिकाका सन्देश कसेरा, सह–चालक वीरेन्द्रनगर–९, लाटिकोइलीका विनोद गुरुङसँगै गाडीमा सवार यात्रु लाटीकोइलीकै दिनेश खड्का रहेको सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले बताए । उनले पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान गरि आवश्यक कार्वाहीको प्रक्रिया शुरु भएको जानकारी दिए ।

Translate »