चोरीको साढे १० लाखसहित बालक पक्राउ

स्काई न्यूज/ फागुन २६, सुर्खेत ।
सुर्खेतले प्रहरीले साढे दश लाख चोरेको आरोपमा एक बालकलाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६, खोक्रेलाईन स्थित नेपाल वार एसोसियसन सुर्खेतका अध्यक्ष नन्दराम भण्डारीको घरबाट चोरी भएको साढे दश लाख रुपैयाँ नगदसहित एक जना नाबालकलाई पक्राउ गरिएको सोमबार जानकारी दिएको हो ।

वार सुर्खेतका अध्यक्ष भण्डारीको घरबाट आइतबार दिउँसो चोरी भएको जानकारी प्रहरीमा पुगेपछि १२ घण्टा नवित्दै ती नाबालकलाई नगद रुपैयाँसहित पक्राउ गरिएको सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिए । घटनामा संलग्न अन्य चोरहरुको खोजी कार्य जारी रहेको उनको भनाइ छ । पक्राउ परेका नाबालकको नाम प्रहरीले गोप्य राखेको छ । घरमा कोही नभएको अवस्थामा घरको पछाडिको ढोकाबाट चोरहरु भित्र पसेर दराजको लक तोडी रुपैयाँ चोरी गरेका थिए ।

Translate »