सुर्खेतमा जीप दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु

स्काई न्यूज /फागनु २१, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा सवारी दुर्घटना हुँदा आज तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेखको धरमपोखरादेखि सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्वरको जीप अनियन्त्रित भएर वीरेन्द्रनगर नगरपालिका–१५, राउटे गल्छेनामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका–६, का देवबहादुर खड्का, वीरेन्द्रनगरनगरपालिका–१५ का खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती गोमा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाईते ४ जनाको प्रहरीले उद्दार गरि प्रदेश अस्पताल कालागाउँमा पठाईएको छ । उनका अनुसार जीपमा कुल ७ जना सवार रहेका थिए । अनियन्त्रित भएर दुर्घटना भएको जीप सडकदेखि ४ सय मिटर तल खसेको थियो ।

Translate »