खजुरामा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

स्काई न्यूज/ फागनु १८, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रत्न राजमार्गको सुर्खेत–दैलेख जीरो प्वान्ट नजिक आइतबार बेलुका भे १ त ८१७६ नम्बरको ट्याक्टर र भे ३ प ७४२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा वीरेन्द्रनगर–१०, खजुराका यामबहादुर विक र खगेन्द्र विकको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक जना तुलबहादुर रामझाली गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनको कालागाउँ प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

घाइते तीनै जनालाई उपचारको लागि अस्पताल लगिए पनि यामबहादुर र खगेन्द्रको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । ट्याक्टर चालक भेरीगंगा नगरपालिका–५ का गोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Translate »