वीरेन्द्रनगरमा फुड फेस्टिभल हुँदै

फागुन २८ देखि चैत २ गते सम्म

स्काई न्यूज/ फागुन १८, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक अर्गानिक फुड फेस्टिभल हुने भएको छ । रेडपान्डा ग्रुपले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि फागुन २८ देखि चैत २ गते सम्म फुड फेस्टिभलको आयोजना गर्न लागिएको जानकारी दिएको हो । कर्णालीको पर्यटनसँगै प्रविधि तथा कृषि विकासको लागि फेस्टिभल कोसेढुङ्गा सावित हुने आयोजकले अपेक्षा राखेका छन् । स्वच्छ, स्वस्थ्य अर्गानिक खानाको विकासः अनि सम्भव छ कर्णालीको विकासः भन्ने नारा सहित शुरु हुन लागेको फुड फेस्टिभलले स्थानीय अर्गानिक, नयाँ प्रविधिबाट तयार पारिएका खानाको प्रवद्र्धनसँगै आन्तरिक तथा बाह्य पर्यटनको संख्या बढाउन मद्दत पुग्ने आयोजकको भनाइ छ ।  रेडप्रान्डा ग्रुपका संयोजक रमेश शाहीले कर्णाली सरकारले घोषणा गरेको ‘यसपालि घुमौ कर्णाली, को नारालाई फुड टुरिजमको माध्यमबाट विकास गरिने बताए । उनले फेस्टिभलमा विभिन्न खानाका परिकारसँगै राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड सांस्कृतिक प्रस्तुती समेत रहने जनाए । ‘क्यान ईन्फोटेक सुर्खेतसँग समन्वय गरेर कार्यक्रमको आयोजना गरिएको छ । कर्णालीका उत्पादनहरु मुख्य आकर्षणको रुपमा रहने छन्,’ उनले भने, ‘पर्यटन, प्रविधि तथा कृषिको विकासका लागि नयाँ कामको थालनी गरि प्रदेश समृद्धिमा योगदान पु¥याउन फेस्टिभलको अर्को उद्देश्य हो ।’ उनले फेस्टिभल सञ्चालनको लागि करिब १० लाख रुपैयाँ खर्च आउने अनुमान गरिएको जनाए । उनका अनुसार फेस्टिझमा ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।

Translate »