जीप दुर्घटनामा एकको मृत्युु, चार घाईते

स्काई न्यूज/ फागुन १६, सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–९, झुल्केमा आज (शुक्रबार) जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि जामुनेबजार जादै गरेको लु १ ज ४०७९ नम्वरको जीप झुल्केमा दुर्घटनामा परी घाइते हुनु भएका सिम्ता गाउँपालिका–९, का २४ वर्षिय भुपाल खत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा चार जना घाइतेको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिए । उनका अनुसार जीप अनियन्त्रित भई सडकको बायाँ भित्तामा ठोकिन जाँदा दुर्घटना भएको हो ।

Translate »