भारतमा सुर्खेतको गुर्भाकोटका एक युवाको हत्या

 

 

टेक नारायण पौडेल/ फागुन १५, बेङ्लोर (भारत) ।
भारतको गुजरातमा सुर्खेतको गुर्भाकोट नगरपालिकाका एक युवाको हत्या भएको छ । गुर्भाकोट–४, सहारेका नेत्रबहादुर शाहको बुधबार गुजरातको भरुच जिल्ला अंकलेश्वरको मिरा नगर एरियामा हत्या भएको हो । सिक्युरिटी गार्डको ड्रेसमै शाहको हत्या गरि वेबारिसे अवस्थामा शव फेला परेको अखिल भारत नेपाली एकता मञ्च अंकलेश्वर नगर समितिका अध्यक्ष सुरेश विकले जानकारी दिए । ‘मृत्तक शाहको शव पोष्टमार्टमका लागि स्थानीय सरकारी हस्पीटलमा राखिएको छ,’ उनले भने, ‘शाह हत्याको आशंकामा तीन जना नेपालीलाई सोधपुछका लागि स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।’ उनले घटनाको सत्य तथ्य पत्ता लगाउन स्थानीय प्रहरीसँगै मञ्चका पदाधिकारी समेत जुटेको बताए । डेढ महिनादेखि काम छोडेर अन्यत्र बस्दै आएको शाह काम गर्ने सिक्युरिटी कम्पनीले बताएको उनको भनाइ छ । शाह कहिलेदेखि कुन काम गर्दे आएका थिएँ भन्ने बारे थप जानकारी संकलन गर्ने काम  भईरहेको मञ्चका सदस्य तुलाराम विकले जनाए ।

 

Translate »