प्रधानाध्यापक र विव्यस अध्यक्ष घुस रकमसहित पक्राउ

स्काई न्यूज /फागुन १५, सुर्खेत ।
दैलेखको नौमूले गाउँपालिका स्थित भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले विहीबार (आज) नौमूलेको एनएमबी बैंकबाट विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह र अध्यक्ष गगनबहादुर बस्नेतलाई ३० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । विद्यालयका शिक्षकसँग चौमासिक तलबसँगै दशैं खर्च वापतको रकम उपलब्ध गराउन प्रधानाध्यापक सिंह र अध्यक्ष बस्नेतले घुस रकम मागेको उजुरी परेपछि पक्राउ गरिएको अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । उनले रिश्वतसहित रंगेहात पक्राउ पर्नु भएका प्रधानाध्यापक सिंह र अध्यक्ष बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको बताए ।

Translate »