कर्णाली नदीमा जीप खस्दा चालक बेपत्ता

स्काई न्यूज /फागुन १३, सुर्खेत ।
कालिकोटको नरहरि गाउँपालिका–१, जितेगडाबाट रास्कोटतर्फ आउँदै गरेको जीप कर्णाली नदीमा खस्दा चालक बेपत्ता भएका छन् । यात्रु ओरालेर ब्याक गर्ने क्रममा जितेगडा बजारको नजिक (आज) मंगलबार लु १ ज ४१४१ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खसेको हो । प्रहरीका अनुसार जीप चालक दैलेख गुराँस गाउँपालिका–४, का १९ वर्षिय चक्रबहादुर खड्का बेपत्ता भएका छन् । चालकको खोजी र नदीबाट जीप उत्तार्नका लागि प्रहरी घटनास्थल पुगेर स्थानीयसँगको समन्वयमा उद्दार कार्यमा जुटेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाले जानकारी दिए ।

Translate »