लोकतन्त्रसहितको राजतन्त्र आवश्यक छः अध्यक्ष थापा

स्काई न्यूज /फागुन १२, सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा अहिले पनि लोकतन्त्रसहितको राजतन्त्र आवश्यक रहेको बताएका छन् । सोमबार राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आइपुगेका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा नेपालको भू–राजनीतिक अवस्थाका कारण देशमा राजतन्त्रको आवश्यकता रहेको दाबी गरे । उनले एम्बुसमा पारेर विस्थापित गरिएको राजतन्त्रलाई संविधान र संसदको नियन्त्रणमा रहने गरि पुर्न राजतन्त्र स्थापना गर्नु पर्नेमा जोड दिए । ‘सत्ता पक्षले नै मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा भ्रम पैदा गरेर जनतालाई अन्यौल बनाउने काम भईरहेको छ,’ उनले भने, ‘एमसीसीका केही बुँदाहरु संसोधन गरेर नेपालको हित अनुकुलको बनाईनु पर्छ ।’

उनले एक अर्को प्रशंङ्गकममा राप्रपा संयुक्तसँग एकताको लागि ढोका खुल्लै रहेको बताए । ‘हामी बीचमा पार्टीको सिद्धान्त, विचार, चुनाव चिन्ह, नेतृत्व, संरचना सबैमा सहमति भइसकेको छ । गएको चुनावमा हामीले थोरै मत पाउनुको कारण हामीमा एकता नभएको कारण हो,’ उनले भने, ‘अहिले हामी संगठन निर्माणमा हिडेका छौं । उहाँहरुलाई हामी स्वागत गर्न तयार छौं ।’ उनले पार्टीले तीन लाख सक्रिय सदस्य बनाउने र आगामी महाधिवेशनमा महाधिवेशन प्रतिनिधि प्रत्यक्ष चुनिएर आउने व्यवस्था गरिएको जनाए ।

Translate »