कानून व्यवसायी परिषद्को पार्षदमा बिसी निर्वाचित

स्काई न्यूज /माघ २५, सुर्खेत ।
नेपाल कानून व्यवसायी परिषद्को निर्वाचनमा कर्णाली प्रदेशबाट सुर्खेतका रामबाबु बिसी पार्षदमा निर्वाचित भएका छन् । नेपाल बार काउन्सिलको पार्षद निर्वाचनमा कर्णाली प्रदेशबाट बृहत प्रगतिशील एवम् समाबेशी समुहका साझा उम्मेदवार अधिवक्ता बिसीले ७६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्द्वी बृहत् लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट दमनराज बमले २७ मत प्राप्त गरेका छन् । प्रत्येक प्रदेशबाट १/१ जनाका काउन्सिलर पदका लागि सातै प्रदेशबाट दुई/दुई जना गरी १४ ले उम्मेदवारी दिएका थिए । सात जना परिषद् सदस्यका लागि भएको निर्वाचनमा कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेको कानून व्यवसायीले मात्र उम्मेदवार दिन पाउने कानूनी व्यवस्था रहेको छ । काउन्सिलको कार्यकाल पाँच वर्षको हुनेछ ।

Translate »