सुर्खेतमा ब्राउनसुगर र नाईट्रोजेपामसहित तीन पक्राउ

स्काई न्यूज /माघ २२, सुर्खेत ।
सुर्खेतमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले ९ सय ४० मिलिग्राम लागु औषध ब्राउनसुगरसहित वीरेन्द्रनगर–६ गणेशचोकबाट लिलबहादुर सुनारसँगै देबुकी सुनारलाई पक्राउ गरिएको बताएको छ । लागु औषध ब्राउनसुगरको बिक्री बितरण भईरहेको खबरपाएपछि गणेशचोक पुगेको प्रहरीले उनीहरुको खानतलासी गर्दा मोबाईल, ल्यापटप, डिजिटल नापतौल तराजु, घडी, राहदानीसहित २ लाख ७४ हजार ७ सय ६३ रुपैयाँ नगद फेला पारेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिए । उनका अनुसार जिल्ला अदालतबाट चार दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ । त्यसै गरि मंगलबार नै वीरेन्द्रनगर–४, भैरवस्थानबाट लागु औषध नाईट्रोजेपामसहित बराहताल गाउँपालिका–८, निवासी विद्युत रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शंकास्पद रुपमा हिडिरहेका रावलको खानतलासी गर्दा उनको साथबाट १४ वटा नाईट्रोजेपाम लागु औषध पदार्थ फेला परेपछि जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरि अनुसन्धान भईरहेको डीएसपी रावलले जानकारी दिए ।

Translate »