विद्यार्थीलाई मानव अधिकार अनुशिक्षण

स्काई न्यूज /माघ २२, सुर्खेत ।
वीरेन्द्रनगरको भैरव माध्यमिक विद्यालयका विद्यार्थीलाई मानव अधिकार अनुशिक्षण दिईएको छ । इन्सेक कर्णाली प्रदेशले बुधबार पारस्परिक जवाफदेहितामा मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत ११ र १२ कक्षाका विद्यार्थीलाई अनुशिक्षण दिएको हो । मानव अधिकार शिक्षाको बारेमा सचेतिकरण गर्नुका साथै समुदाय, विद्यालय, घर परिवारमा मानव अधिकार मैत्री संस्कारको विकास गरी मानव अधिकार संरक्षण सम्बद्र्धनमा युवालाई समर्पित गराउने कार्यक्रमको उद्देश्यले कार्यक्रमको रहेको इन्सेक प्रतिनिधि दुर्गाबहाुदर थापाले जानकारी दिए ।

 

उनका अनुसार विद्यार्थीहरुलाई मानव अधिकारको सिद्धान्त एवं मानव अधिकार मैत्री व्यवहारका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका सहायक डीन कमलेश डिसीले मानव अधिकारको सिद्धान्त र मानव अधिकार मैत्री व्यवहार तथा इन्सेक सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले सामाजीक उत्तरदायित्वको बारेमा सहजीकरण गरे । त्यस्तै भैरव माविका प्रधानाध्यापक भक्तबहादुर जिसीले मानव अधिकार शिक्षा एवं मानव अधिकार मैत्री व्यवहारको बारेमा युवाहरु सचेत हुन आवश्यक रहेको औल्याए । सोही अवसरमा मानव अधिकारको सिद्धान्त तथा मानवअधिकार मैत्री व्यवहारलाई सुदृढिकरण गरी विद्यालयमा मानव अधिकार संस्कृतिको विकास गर्न होमराव बोगटीकोे संयोजकत्वमा ११ सदस्यीय युवा मानव अधिकार समूह गठन गरिएको छ । समूहको सदस्यमा पवित्रा बसेल, कविता रावत, एलिना बस्नेत, बेदना शर्मा, ममता बुढाथोकी, प्रदीप चालिसे, जनक शाही, गोपाल चालिसे, नरबहादुर बिक र कुलबहादुर रावत रहेका छन ।

Translate »